काठमाडौं। बेलायतले उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया महिलालाई फाइजर बायोएनटेक कोभिड भ्याक्सिन लगाएर कोभिड-१९ विरुद्धको खोप सुरुआत गरेको छ।
परीक्षणपछि उपचारका लागि पहिलो भ्याक्सिन लगाएकी एन्निसकेलिनकी मार्गरेट किनानले आफू भाग्यशाली रहेको प्रतिक्रिय दिइन्। उनलाई कोभन्ट्री युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा खोप लगाइएको हो।