Search
Close this search box.
Search
Close this search box.

बेसारमा खुँदी मिसाएर बेच्ने ब्यापारीलाई उपमहानगरले तिरायो २ लाख जरिवाना

धरान। चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले दुई लाख रुपैया जरिवाना तिराएको छ ।

अनुगमन टोलीको स्थलगत रिपोर्टको आधारमा प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटटराईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताउनुभयो ।

EPIC

धरान-११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलमा भदौ २ गते अनुगमन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो । अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरी उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा बेसार मिलमै छोडेको थियो ।

अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिनेछ । त्यसपछि मात्र मिल पुनः सञ्चालनको अनुमति दिइने सापकोटाले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *