बैंक तथा वित्तीय संस्था शनिबार पनि खुल्ला

बैंक तथा बित्तीय संस्थाहरू आज शनिबार पनि खुला हुने भएका छन्। चालु आर्थिक वर्षको अन्तिम समय भएकाले राजश्व लगायतका विषयलाई ध्यान दिँदै आज बैंक तथा बित्तीय संस्था खुला गर्न लागिएको हो।

आर्थिक वर्षको अन्तिम शनिबार बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न राष्ट्र बैंकले  यसअघि नै परिपत्र जारी गरी निर्देशन दिएको थियो।

EPIC EPIC EPIC

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबार पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेको थियो। गत २३ गते शनिबार पनि बैंक तथा बित्तीय संस्था खुला गरिएका थिए।

चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *