भक्तपुरबाट लाङटाङ घुम्न हिँडेका चार युवायुवतीलाई बाढीले बगायो


नुवाकोट : 
बाढी आएको खोलामा परेर लाङटाङ घुम्न गएका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको पर्यटकीय स्थल लाङटाङ जाँदै गरेका दुई युवतीसहित चार जनालाई शनिबार बेलुकी वेरिङखोलामा आएको बाढीले बगाएको हो । 

१६ जनाको समूहमा लाङटाङ घुम्न जाने क्रममा रहेका भक्तपुरका चार जना युवायुवतीलाई गोसाइँकुण्ड गाउंपालिका –४ बेरिङ खोल्सामा आएको बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको भनाई छ । 
प्रजिअ पन्थीका अनुसार मध्यपुरठिमी नगरपालिकाकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन् । उनीहरुको खोजीमा नेपाली सेना र प्रहरीको टोली परिचालन गरिएको प्रजिअ पन्थीले बताए । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

लाङटाङ घुम्न जाने क्रममा पहिले हिँडेको आठ जनाको टोली घोडातबेला र पछिल्लो आठ जनाको टोली शुक्रबार राति ब्याम्बोस्थित होटेलमा बास बसेका उनीहरू शनिबार लाङटाङतर्फ जाँदै गर्दा पछिल्लो टोलीका चार जनालाई वेरिङखोलामा आएको बाढीले बगाई बेपत्ता बनाएको प्रजिअ पन्थीले वताए । उनका अनुसार उनीहरूको टोलीलाई होटेलमा राखिएको छ । उनीहरूलाई बेलुकी वेरिङखोला तर्ने क्रममा बाढीले बगाएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

 यसैबिच, हिमाली रसुवास्थित लाङटाङखोला, स्याफ्रुबेसी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा रहकाहरुले आइतबारसम्म नै अति उच्च सतर्कता अपनाउन  अनुरोध गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *