भत्ता लिएर लाभग्राहीको घरघर पुगे इच्छाकामनाका जनप्रतिनिधि

चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण लाभग्राहीको घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो। 

EPIC EPIC EPIC EPIC EPIC

दसैँको समयमा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले घरघरमै पुगेर सेवा प्रदान गरेको वडाध्यक्ष उप्रेतीले बताए । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको उनले जानकारी दिए।

वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुने भएका कारण वडा कार्यालयले सहजीकरण गर्दै वडाको माथिल्लो क्षेत्र स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा, सोतागाउँलगायत स्थानका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष उप्रेतीको भनाइ छ।

पछिल्लो समय सरकारको निर्देशानुसार स्थानीय तहले अनिवार्यरुपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैंकमा खातामा जम्मा गर्नुपर्ने नियम छ। 

तर सेवाग्राहीलाई बैँकसम्म पुग्न असहज पैदा भएकाले कतिपय स्थानीय सरकार र वडा कार्यालयले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारी सहित गाउँघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन्।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडासदस्यलाई समेत परिचालन गरिएको वडाध्यक्ष उप्रेतीले बताए। 

‘दसैँका लागि मात्रै हामीले भत्ता घरमा पुर्‍याउन लागेका होइनौँ,’ उनले भने, ‘मैले सुरुदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउँदै आएको छु । हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ।’ 

वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी भएका छन्। रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *