भद्रपुरका गिरिशरत्न शाक्य ‘मिस्टर नेपाल २०२५’को फाइनल प्रतिस्पर्धामा

भद्रपुर  । ‘मिस्टर नेपाल २०२५’का लागि छनोट भएका ३० युवामध्ये झापा भद्रपुरका गिरिशरत्न शाक्य उपाधिको दौडमा रहेका छन् । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको प्रतियोगितामा भद्रपुर-६ निवासी गिरिशरत्नसहित ३० युवा डिजिटल अडिसनबाट छनोट भएका हुन् ।

गिरिशरत्न सहित छानिएका सबै प्रतियोगीहरू ‘मिस्टर नेपाल २०२५’को उपाधिका लागि अहिले कडा प्रशिक्षणमा रहेको गिरिशरत्नका बुबा सुभाषरत्न शाक्यले जानकारी दिए । उनका अनुसार छोरा गिरिशरत्न झापा जिल्लाकै प्रतिनिधित्व गरिरहेका छन् । छोरा सानैदेखि मोडेलमा रुचि राखेको र डिजिटल अडिसनबाटै छनोटमा परेको उनको भनाई छ । contentest नम्बर १२ का गिरिशरत्न शाक्यलाई भोट दिन उनले आव्हान समेत गरेका छन् । 

EPIC EPIC EPIC EPIC EPIC

प्रतियोगितामा उनीहरूबीच पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, छोटो पदयात्रा, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण जारी छ।

प्रतियोगितामा मुलुकको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने जनाइएको छ । फिनालेमा मिस्टर वर्ल्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार जित्नेछन्। प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिपमा प्रशान्त ताम्राकार छन्। फिनाले सोल्टी होटेलमा १२ सेप्टेम्बर अर्थात् भदौ २७ मा आयोजना हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *