भद्रपुरको जीपी भवन निर्माण अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह (जीपी भवन) को अलपत्र रहेको निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, भद्रपुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

प्रतिनिधिमण्डलले नगर सभाको निर्णयसहित विभिन्न विकल्प प्रस्ताव गर्दै जीपी भवनको निर्माण कार्य पुनः सञ्चालन गर्न आग्रह गरेका थिए। सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदार कम्पनीले पटक–पटक अवधि थप गरेको थियो। साथै, बजेट र कानुनी जटिलताका कारण निर्माण अलपत्र परेको थियो।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा निर्माण भइरहेको यो सभागृह २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालगायत प्रमुख तीन दलका शीर्ष नेताले शिलान्यास गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *