भद्रपुरमा अवैध बालुवा उत्खनन : सशस्त्र प्रहरीद्वारा ३ ट्याक्टर नियन्त्रणमा

भद्रपुर । भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर र बिओपी पृथ्वीनगरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका -३ किचकबधस्थित देउनियाँ खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सशस्त्रले सोमबार साँझ बालुवा लोड भएको मे १ त ६०८१, मे १ त २४७५ र प्र-१-०१-००२ त ०९४६ नम्बर ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्याक्टर आवश्यक कारबाहीका लागि आज भद्रपुर नगरपालिकामा बुझाउने जनाइएको छ । कोेशी प्रदेशको आर्थिक ऐन २०८२ मा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरलाई रु २५ हजार जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *