भद्रपुरमा आगलागीबाट ३ लाखको क्षति

भद्रपुर। भद्रपुरमा आइतबार दिउँसो आगलागी भएको छ । भद्रपुर नगरपालिका–४ स्थित डागीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा आगलागी भएको हो ।

आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र दुई बिगाहा धानको परालमा क्षति भएको छ। आगलागीबाट अन्दाजी ३ लाख बराबरको क्षति भएका घरधनी राजवंशीले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

आगलागीको कारण भने खुलेको छैन । टहरामा लागेको आगो मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुरका नगर प्रहरी
समेतको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भद्रपुर नगरपालिकाको दमकल मर्मत सम्भारको लागी बिर्तामोड ग्यारेजमा रहेकोले अन्य पालिकाबाट दमकल आएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *