भद्रपुर । भद्रपुरमा खेल्ने क्रममा अचानक पासो लागेर एक बालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो ४.१० बजे भद्रपुर नगरपालिका ३ आँपगाछी बस्ने पूर्णबहादुर मगरका छोरा अन्दाजी १२ वर्षीय प्रवेश मगर आफ्नै घर पछाडी लुगा सुकाउने बाँसको बलोमा बाबियोको डोरीमा खेल्ने क्रममा अचानक घाँटीमा पासो लागेका थिए ।
उनका बुवाले देख्नासाथ पासो खोली तत्काल उपचारको लागि ओमसाई पाथिभरा अस्पताल लगेकोमा उपचारको क्रममा दिउँसो ४ः३० बजे मृत्यु भएको हो । अनुसन्धान एवं कानुनी प्रकियाको लागि वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा टोली खटिएको थियोे ।