Search
Close this search box.
Search
Close this search box.

भद्रपुरमा गुरू पूर्णिमाको अवसरमा ७७ जना शिक्षण समर्पित गुरूहरूको सामूहिक सम्मान

भद्रपुर। गुरू पूर्णिमाको अवसरमा भद्रपुर माविका पूर्व विद्यार्थीहरूले शिक्षण सेवामा जीवन समर्पण गरेका ७७ जना गुरूहरूलाई सामूहिक सम्मान गरेका छन्। २०५४ सालको एसएलसी समूहका विद्यार्थीहरूको सामूहिक प्रयासमा शिक्षणसँग सम्बन्धित तीन पुस्ताका गुरू—गुरूआमाहरूलाई सम्मान गरिएको हो।

वि.सं. २००२ सालमा स्थापना भएको भद्रपुर माविमा पढ्नपाठनमा जीवन समर्पण गरेका गुरू—गुरूमाहरूलाई झण्डै ३९ वर्षपछि पुनर्मिलन गराउँदै गुरू सम्मान गरिएको जनाइएको छ। “साथी सुखमा पनि दुःखमा पनि” नामक संस्थामार्फत आयोजित कार्यक्रममा भद्रपुरका १० वटा विद्यालयबाट दिवङ्गत गुरूका प्रतिनिधिहरू सहित ७७ जना गुरूहरूको सहभागिता थियो।

EPIC

छरिएका सेवा निवृत्त शिक्षकहरूले कार्यक्रमको माध्यमबाट सहकर्मी साथीहरूसँग भेटघाट गर्ने अवसर पाएका थिए। साथै, गुरूहरूका गुरूको पनि समावेश भएको दृश्यले कार्यक्रमलाई विशेष बनाएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *