भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट चार घरमा क्षति

झापा। झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा गए राति करिब १ बजेको समयमा चार वटा जंगली हात्ती प्रवेश गरी स्थानीयवासीका घर र खाद्यान्नमा क्षति पुर्‍याएका छन्। घटनामा मानवीय क्षति नभए पनि करिब ६२ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।

जंगली हात्तीले स्थानीय टेकनाथ पराजुलीको टिनको छानो र सिमेन्टको ब्लक प्रयोग गरिएको भनसार घर भत्काएर भित्र प्रवेश गरी अन्दाजि २० मन मकै खाएको छ। उक्त क्षतिको मूल्य करिब ३५ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। त्यस्तै, सोही ठाउँका प्रेमलाल भण्डारीको टिनको छानो भएको भुइँतल्ले कच्ची घरको झ्याल फुटाएर हात्तीले १ बोरा चामल खाएको छ, जसको अनुमानित मूल्य करिब ७ हजार रुपैयाँ रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

यसैगरी, रिता बिकको टिनको छानो र काठको बेरा भएको एक तल्ले कच्ची घरको बरण्डा भत्काई १ बोरा मकै खाएको छ। उनको पनि अन्दाजि ७ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। त्यसैगरी, करेला चोक बस्ने जितबहादुर लिम्बुको टिनको छानो भएको कच्ची घरको भान्साकोठाको पर्खाल भत्काइएको छ। साथै, निजकै ५ ओटा सुपारीका बोट र १० ओटा केराका बोटसमेत नष्ट पारिएको छ, जसको अन्दाजित मूल्य १३ हजार रुपैयाँ रहेको छ।

घटनापछि स्थानीय प्रशासन र सम्बन्धित निकायले स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गरेको छ। वन क्षेत्र नजिक रहेका बस्तीमा पटक–पटक यस प्रकारका जंगली जनावरको प्रवेशले जनजीवन त्रसित बनाएको भन्दै स्थानीयवासीले स्थायी समाधानको माग गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *