भद्रपुरमा ठूलो परिणाममा ब्राउनसुगरसहित चार जना पक्राउ

भद्रपुर। झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार जना कारोबारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

लागुऔषध कारोबारीलाई पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । आज दिउँसो भद्रपुर नगरपालिका–७ बाट नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी–११ का २३ वर्षीय राम तामाङलाई दुई ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

भद्रपुर–७ स्थित आनिमार्गमा बा.प्र. ०१–०२५च ०८७७ नं. को कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध फेला परेको थियो । उनीहरुलाई आजै जिल्ला अदालत झापामा उपस्थित गराएर सात म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता खड्काले बताउनुभयो ।

यसअघि गत असार ७ गते भद्रपुर–५ स्थित भन्सार चोकबाट दुई जनालाई प्रहरी ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

बा.प्र. ०१–०३० च ७७९३ नं. को नेटा इभीमा लागुऔषध ब्राउनसुगर ४७ ग्राम ६९० मिलिग्राम ल्याउँदै गरेको अवस्थामा काठमाडौं–२६ का २४ वर्षीय निवेश कुंवेर र लम्जुङ कोलासोतार–७ की २२ वर्षीया नोजिना रानालाई कारसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बैशाख ३१ गते झापाको गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज बजारबाट लागुऔषध कारोबारमा सम्लग्न दमकका भुपेन्द्र राई, भारतका भोला ठाकुर, मोनाजिर आलमलाई १०० ग्राम ०९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको थियो । सो अवैध कार्यमा सम्लग्न ना.१ च.९१६२ नम्बरको कार र एक वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *