भद्रपुरमा ब्राउनसुगर कारोबारी समात्न गोली चलाइयो, दुईजना घाइते

बिर्तामोड । प्रहरीले भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न गोली चलाएको छ । गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् । प्रहरीले गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारत किसनगञ्ज बस्ने ३५ वर्षीय मनिसुर आलम र कचनकवल–५ का ५५ वर्षीय नसुरुद्दिन मिया छन् । आज साँझ ५ः२० बजे भद्रपुर–७ चिया पसलनजिक हुलाकी राजमार्गमा जाँच गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरुलाई नियन्त्रणमा लिन चाइनिज ठुलो तथा सानो पेस्तोलबाट ३÷३ वटा गरी जम्मा ६ राउन्ड गोली फायर गरेको प्रहीले जानकारी दिएको छ ।

प्रहीले आलमको साथबाट दुईवटा प्लास्टिकको पोकामा १०३ ग्राम ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । त्यस्तै, मियाको साथबाट दुईवटा प्लास्टिकको पोकामा १०२ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । मियाको दाहिने खुट्टाको पिँडुलामा एक राउन्ड गोली लागेको छ । सामान्य घाइते भएका मियालाई ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा सामान्य उपचार गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *