झापा । ललाइफकाई गरी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिकाका दुई युवालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका – ५ का २१वर्षीय अक्षय सापकोटा र भद्रपुर – ३ का २३ वर्षीय विवेक राई छन् ।
उनीहरूले ती किशोरीलाई मंसिर २७ गते फकाएर सापकोटाको घर पुर्याएका थिए । मंसिर २८ गते दिउँसो १२ बजेतिर सापकोटाको घरका भिन्नभिनै कोठामा किशोरीलाई बलात्कार गरेको उनीहरूले स्वीकार गरेको झापा प्रहरीले जनाएको छ ।
पीडितका आफन्तले ती युवालाई मंसिर २९ गते फेला पारी सोधपुछ गरेका थिए । पीडितका आफन्तसँग उनीहरूले किशोरीलाई मेलाबाट फकाएर सापकोटा घर पुर्याएको तर केही नगरेको शंकास्पद अभिव्यक्ति दिएका थिए ।
शंकास्पद अभिव्यक्तिका कारण उनीहरू प्रहरीको निगरानीमा परेको थिए । प्रहरीले थप अनुसन्धान गरेर उनीहरूलाई पक्राउ गरिएको हो । राईकाई हिजो र सापकोटालाई आज पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरु उपर सुक्ष्म अनुसन्धान थालिएको जिप्रका झापाले जनाएको छ ।



















