भद्रपुरमा सुर्तीजन्य तथा नशाजन्य पदार्थविरुद्ध सचेतनामूलक ब्यानर टाँस

झापा। सुर्तिजन्य, मदिराजन्य तथा नशाजन्य पदार्थविरुद्ध सचेतना फैलाउने उद्देश्यले भद्रपुरस्थित सदरमुकाममा विभिन्न स्थानहरूमा सचेतनामूलक ब्यानर टाँस गरिएको छ। चेतना नेपालको आयोजना र आन्तरिक राजस्व कार्यालय झापा तथा स्वास्थ्य कार्यालय झापाको समन्वयमा उक्त अभियान सञ्चालन गरिएको हो।

नापी कार्यालय चन्द्रगढी, आन्तरिक राजस्व कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, प्रादेशिक अस्पताल भद्रपुर, भद्रपुर नगरपालिका तथा स्वास्थ्य कार्यालयसहित छ स्थानमा सर्वसाधारणले सजिलै देख्न सक्ने गरी बाहिरी पर्खालमा ब्यानर टाँस गरिएको छ।

EPIC EPIC EPIC

ब्यानर टाँससँगै आसपासका पसलहरूमा राखिएका सुर्तिजन्य पदार्थ—चुरोट, बिडी, खैनी, भोला, मधु, मिठा मधु, पराग आदि हटाउन अनुरोध गरिएको थियो। सोही अनुरोधअनुसार पसल सञ्चालकहरूले ती पदार्थ हटाएका छन्। साथै, कार्यालयको १०० मिटर वरिपरि तथा १८ वर्ष मुनिका बालबालिका वा गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ नबेच्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सदरमुकामका कार्यालय प्रमुख, कर्मचारी तथा उपस्थित सेवाग्राहीहरूले अभियानको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीले अभियानको सफलताको कामना गरिन्। प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. रामबाबु खड्काले सुर्तिजन्य तथा मदिराजन्य पदार्थका कारण नसर्ने रोगहरूको जोखिम बढ्दै गएकाले यस्तो सचेतनामूलक अभियान आवश्यक रहेको बताए। अस्पताल परिसरमै पनि ब्यानर टाँस गर्न स्थान उपलब्ध गराइएको थियो।

माइती नेपाल कोशी प्रदेशका क्षेत्रीय निर्देशक गोविन्द घिमिरेले नापी कार्यालय अगाडि आयोजित कोणसभामा बोल्दै समाजमा सुर्तिजन्य तथा नशाजन्य पदार्थको असरबारे जनचेतना आवश्यक रहेको बताए।

चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीको नेतृत्वमा सम्पन्न कार्यक्रमलाई प्रशिक्षक कल्पना भट्टराईले संदेशमूलक गीत प्रस्तुत गर्दै उद्घाटन गरिन्। त्यस्तै, प्रशिक्षक ओलीले सुर्तिजन्य तथा मदिराजन्य पदार्थका असर, कानुनी व्यवस्था तथा नीति–निर्देशनाबारे जानकारी गराए।

ड्रग्स एडिक्सन, युवाहरूको कुलतप्रति आकर्षण र त्यसको न्यूनीकरणमा समुदायको भूमिका विषयमा परामर्शदाता दर्शन भट्टराईले जानकारी गराएका थिए। कार्यक्रम व्यवस्थापन तथा प्रविधिक व्यवस्थामा परामर्शदाता आशिम श्रेष्ठको भूमिका रहेको थियो।

कार्यक्रममा चेतना नेपालका सदस्य तथा दौतरी शिक्षा अभियानका परामर्शदाता आशिम श्रेष्ठ, दर्शन भट्टराई, अन्य सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *