श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरमा स्वर्णमहोत्सवको तयारी पूरा

झापा। झापाको भद्रपुर–१ (पृथ्वीनगर-बनियानी) स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा यस क्षेत्रकै विशाल धार्मिक महोत्सव हुने भएको छ। मन्दिर स्थापनाको ५४ वर्षको उपलक्ष्यमा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा तथा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ।

धार्मिक चेतनाको दीप प्रज्वलन गर्दै अध्यात्मको अनुपम स्रोत खोल्ने यो अनुपम अवसर आगामी फागुन ३ देखि ९ गते (फेब्रुअरी १५–२१, २०२५) सम्म जारी रहनेछ। यस विराट अनुष्ठानले केवल झापा मात्र नभई, समस्त नेपाल र भारतभरिका कृष्णभक्तहरूलाई जोड्ने महायात्राको रूपमा लिइएको छ।

EPIC EPIC EPIC

यस ज्ञान महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका परम पूजनीय धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज (श्री ५ नवतनपुरीधाम, जामनगर) तथा आचार्य श्री १०८ सूर्यनारायणदासजी महाराज (श्री ५ महामंगलपुरीधाम, सुरत) को दिव्य आशिर्वचन प्राप्त हुनेछ। यो दुर्लभ अवसरमा तिनका वाणीले समस्त भक्तजनहरूलाई आध्यात्मिक आलोकले जगाउनेछ।

कार्यक्रमको भव्य उद्घाटन मंगलधाम कालिम्पोङका अन्तर्राष्ट्रिय प्रवक्ता गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराज बाट गरिनेछ। साथै, वृन्दावनधाम भारतका सन्तशिरोमणि स्वामी श्री १०८ सदानन्दजी महाराज, श्री १०८ अमृतराजजी महाराज (श्री नवतनधाम, काठमाडौं), मुक्तिधाम इटहरीका गादीपति श्री १०८ कृष्णदासजी महाराज, श्रीकृष्ण प्रणामी मन्दिर धरान गोपीधामका गादीपति श्री १०८ जगतनन्दन शास्त्रीजी महाराज जस्ता महापुरुषहरूको आगमनले सम्पूर्ण क्षेत्र पावन हुनेछ।

नेपालकी प्रथम भागवत वाचिका साध्वी श्री १०८ तारा माताजी (कृष्णकृपाधाम, देवघाट) को मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवाहित हुनेछ। साथै, महामति प्राणनाथ संस्कृत विद्यापीठ, काठमाडौंका आचार्य श्री बिमलचन्द्र दाहाल को दिव्य वाणीबाट श्रीमत्तारतम ब्रह्मवाणी चर्चा गरिनेछ।

यो स्वर्णमहोत्सवलाई ऐतिहासिक बनाउने उद्देश्यसहित मूल आयोजक समितिले विशेष तयारी पूरा गरिसकेको छ। आयोजकका अनुसार हजारौं भक्तजनहरू धार्मिक लाभ लिन देशका विभिन्न भाग तथा छिमेकी राष्ट्र भारतबाट समेत उपस्थित हुने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *