भद्रपुरमा हजुरआमालाई खुकुरी प्रहार गर्ने नाति दुई महिनापछि पक्राउ

भद्रपुर । भद्रपुरकी वृद्धा हजुरआमालाई खुकुरी हान्ने एक युवक करिब दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० स्थित सत्रबिगे बस्ने २७ वर्षीय महेश सुबेदी रहेका छन् । 

उनले गत असार १२ गते बिहान ५ बजे एक्लै बस्दै आएकी आफ्नै हजुरआमा ७२ वर्षीया खिनमाया सुबेदीलाई घरमा आई पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

घटनापछि फरार रहेका सुवेदीलाई खोजतलासकै क्रममा आज साँझ ५ः३० बजे प्रहरीले भद्रपुर १० सत्रबिगेस्थित उनको घरबाटै पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भइरहेको छ ।उनीबिरुद्ध यसअघि नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भइसकेको डीएसपी खगेन्द्र खड्काले बताए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *