भद्रपुर गोल्डकप: बंगलादेश सेमिफाइनलमा, एनआरटी बाहिरियो

भद्रपुर । काउर्न बजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ।

EPIC

आज भद्रपुरस्थित मेची रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। अब सेमिफाइनलमा बंगलादेशले आयोजक भद्रपुर ब्लेजर्ससँग प्रतिस्पर्धा गर्नेछ।

EPIC EPIC EPIC

बंगलादेशले खेलको २४औं मिनेटमा अग्रता लियो। साकिलको क्रस पासमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका साहिदले सहजै गोल गरे। दुई मिनेटपछि, खेलको २६औं मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले व्यक्तिगत क्षमता देखाउँदै उत्कृष्ट गोल गरे र टिमको अग्रता दोब्बर बनाए। उनले मध्य भागबाट एकल ड्राइभ गर्दै बललाई जाली चुमाएका थिए।

खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। पहिलो रोजाइका खेलाडीहरूको अनुपस्थितिले एनआरटीलाई खेलभर दबाबमा राखियो। खेलको पाँचौं मिनेटमा एनआरटीका मोहित गुरूङले पेनाल्टी क्षेत्रभित्र अवसर पाए पनि क्रसबार नजिकबाट बाहिर प्रहार गरे। त्यसपछि, १६औं मिनेटमा गुरूङले पुनः पेनाल्टी क्षेत्रभित्र मौका गुमाए। ३८औं मिनेटमा शिशिर लेखीको प्रहार बाहिरियो।

दोस्रो हाफमा पनि एनआरटीका खेलाडीहरूले गोल गर्ने अवसर सिर्जना गरे तर सफल हुन सकेनन्। ५२औं मिनेटमा मोहित गुरूङको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाए भने, ४८औं मिनेटमा साकिलको प्रहार दोस्रो बार नजिकबाट बाहिरियो।

खेलको ‘प्लेयर अफ द म्याच’ बंगलादेशका एस सिल्लाह घोषित भए। उनले नगद २१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

पोस्टम्याच कन्फरेन्समा बंगलादेशका सहायक प्रशिक्षक सोएल रहमानले एनआरटीलाई राम्रो टिम भएको बताउँदै, सामाजिक सञ्जालमार्फत एनआरटीको खेल शैली अध्ययन गरी रणनीति बनाएको खुलाए। उनले सेमिफाइनलमा पनि योजनाबद्ध खेल प्रदर्शन गरी फाइनलसम्म पुग्ने लक्ष्य रहेको बताए।

एनआरटीका प्रशिक्षक श्याम मालीले मुख्य खेलाडीहरूको अनुपस्थितिका कारण टोली कमजोर देखिएको र अनपेक्षित हारले टिमको प्रतिष्ठामा असर परेको बताए।

सोमबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए।

गोल्डकप विजेताले नगद १३ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७ लाख रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछन्। प्रतियोगिताभरिका उत्कृष्ट खेलाडीले ‘प्लेयर अफ द टुर्नामेन्ट’ उपाधिसहित नगद १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिनेछ।

दर्शकलाई पनि विभिन्न उपहार प्रदान गरिएको छ। महेन्द्ररत्न स्टोर बिर्तामोडले एक जना दर्शकलाई हिमस्टार टिभी प्रदान गर्‍यो। एयरपोर्ट होटलले एक दर्शकलाई दुई जनाका लागि डिनरको अवसर दियो भने सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाले दुईवटा चाँदीको सिक्का उपहार स्वरूप प्रदान गर्‍यो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *