Search
Close this search box.
Search
Close this search box.

भद्रपुर घटना: श्रेयाको औंला नजोडिने निधार र टाउको पछाडि गहिरो चोट

विद्यालयबाट घर जाँदै गर्दा प्रेमी भनिएका किशोरको आक्रमणमा परेर सख्त घाइते भएकी भद्रपुरकी श्रेया राईको प्राथमिक उपचार भएको छ । अहिले उनको होश खुलेको छ । उनी पोस्ट अपरेटिभ कक्षमा छिन् ।

अत्यधिक रक्तश्रापका कारण उनको शल्यक्रिया भने हुन नसकेको उनी उपचाररत ओम साई पाथिभरा अस्पतालका प्रशासन प्रमुख दिप पौडेलले जानकारी दिए ।

EPIC

पौडेलका अनुसार अस्पताल ल्याउँदा श्रेयाको रक्तचाप पनि अत्यन्त न्यून थियो । औषधि दिएर रक्तचाप बढाइएको थियो । त्यसपछि अन्दाजी २ बजेदेखि ६ बजेसम्म उनको रगत रोक्ने र चोट लागेको भागको सिलाइ तथा उपचारको काम गरिएको थियो ।

धारिलो हतियार प्रहार हुँदा टाउको तथा दुवै हातमा गहिरो चोट लागेका कारण पहिलो चरणमा रगत बग्न रोकेर क्रमैसँग शल्यक्रिया गर्दै जाने तयारी गरिएको सघन उपचार विशेषज्ञ डक्टर मुस्कान श्रेष्ठले बताए । श्रेयालाई हिजो २० पिन्ट रगत दिइएको थियो ।

डक्टर श्रेष्ठका अनुसार श्रेयाको निधारमा ठाडो गहिरो चोट छ भने टाउकोको पछाडिको भागमा पनि हतियार प्रहार भएको छ ।
हतियार प्रहारले दाहिने हातको कुहिनोको छेउमा गहिरो चोट लाग्दा नशाहरु चुँडिएका छन् । देब्रे हातका दुईवटा औँला छिनेको अवस्थामा रहेको र जोडिने अवस्था नरहेको डक्टर श्रेष्ठले बताए ।

तत्काललाई रगत रोक्न बाहिरी उपचार गरेर श्रेयालाई होशमा ल्याइएको हो । उनको निधार र पछाडिको भाग सिलाइएको छ । सघन उपचार विशेषज्ञ डक्टर मुस्कान श्रेष्ठ, अर्थोपेडिक डक्टर प्रविन तिम्सिना र न्युरो डक्टर सुमन फुयलको टोलीले श्रेयाको उपचार गरेको थियो ।

हिजो बिहान १०ः४५ बजे प्रेम सम्बन्धमा खटपट भएका कारण भद्रपुर–६ भानुचोकका १८ वर्षीय अभिषेक कर्णले भद्रपुर–९ घोडामारास्थित शान्तिटोलकी १७ वर्षीया श्रेयामाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए ।

घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी जिल्ल प्रहरी कार्यालय झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार श्रेया एसएस निकेतन अंग्र्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् । सोही विद्यालयमा पढ्ने अभिषेक कक्षा १२ को वार्षिक परीक्षा दिएर बसेका थिए ।

बसबाट ओर्लिएर घरतर्फ हिँडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए । पक्राउपछि अभिषेकले श्रेया आफ्नी प्रेमिका भएको र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *