भद्रपुर झापा गोल्डकपको गोलरहित पहिलो हाफ

screenshot 2023 02 28 16 28 27 16 f9ee0578fe1cc94de7482bd41accb329

झापा। प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधिका लागि अहिले दुई शसक्त टिम ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा भइरहेको छ ।

मेची रंगशालामा जारी खेलको पहिलो हाफ भरखरै सकिएको छ । जसमा दुवैतर्फबाट गोल हुन सकेन । खेलमा कतैबाट पनि गोल भएको छैन, खेल अहिले जारी छ । 

EPIC EPIC EPIC EPIC EPIC

गत ७ गतेदेखि सुरु भएको गोल्डकप आज समापन हुनेछ । तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *