भद्रपुर झापा गोल्डकप आजदेखि सुरू, उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस भिड्दै

भद्रपुर — आजदेखि भद्रपुरमा मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘भद्रपुर झापा गोल्डकप’ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस टिम आमनेसामने हुनेछन्। खेल मेची रंगशालामा दिउँसो २:३० बजे सुरु हुने जानकारी प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले दिनुभएको छ।

प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स र ओम साई पाथीभरा अस्पताल भद्रपुरले मुख्य प्रायोजन गरेका छन्। भद्रपुर झापा गोल्डकप कार्यसमिति सदस्य एवं पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको सम्झनामा समर्पित प्रतियोगिता फाल्गुण १६ गतेसम्म सञ्चालन हुने महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो।

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *