भद्रपुर झापा गोल्डकप: १० टोलीबीचको रोमाञ्चक प्रतिस्पर्धा, विजेताले पाउने रु १३ लाख!

भद्रपुर, ५ फागुन – झापाको भद्रपुरस्थित मेची रंगशालामा आयोजना हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

EPIC

आज मेची रंगशाला परिसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’ को तयारी सकिएको जानकारी दिनुभयो। करिब २० हजार दर्शक अटाउने गरी स्थायी पक्की प्यारापिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको छ भने बाँसको अस्थायी प्यारापिट निर्माण पनि लगभग सम्पन्न भइसकेको छ। उहाँका अनुसार प्रतियोगितालाई भव्य, उत्कृष्ट र परिष्कृत बनाउन झण्डै दुई महिना लगाएर मैदान तयार पारिएको छ। साथै, प्रतियोगिताको तयारीस्वरूप स्वागत गेटहरू समेत निर्माण गरिएको छ।

EPIC EPIC EPIC


फागुन ७ देखि १६ गतेसम्म सञ्चालन हुने यो गोल्डकपमा भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, झापा ११ एफसी तथा तीन विदेशी टोली – दार्जिलिङ पुलिस एफसी (भारत), ट्रान्सपोर्ट युनाइटेड एफसी (भुटान), काउर्न बाजार प्रगति संघ (बंगलादेश) गरी कुल १० टिम सहभागी हुनेछन्। प्रतियोगिताका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगितालाई सफल बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको छ।


प्रतियोगिताका विजेताले नगद रु १३ लाख तथा उपविजेताले नगद रु ७ लाख प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालन गर्न अनुमानित रु १ करोड ७८ लाख खर्च हुने आयोजक समितिका उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत) ले जानकारी दिनुभयो।

सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले नगद रु १ लाख ५ हजार पाउनेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रु २१ हजार दिइनेछ।

प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्नुहुनेछ। प्रथम पुरस्कार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल तथा अन्य व्यवसायीहरूले संयुक्त रूपमा आफ्नो पितामाता लक्ष्मण तथा रामरेखा ढकालको स्मृतिमा प्रदान गर्नेछन्। दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रायोजन गर्नेछ।


फाइनल खेलमा टिकट काट्ने एक जना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सबाट टीभीएस मोटरसाइकल तथा अर्का एकजनालाई सुनचाँदी व्यवसायी संघ भद्रपुरबाट एक तोला सुनको सिक्री प्रदान गरिनेछ।

प्रतियोगिताको प्रत्येक दिन, एक जना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडबाट हिमस्टार टिभी, एयरपोर्ट होटलबाट दुई जनाको डिनर तथा सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाबाट चाँदीको सिक्का प्रदान गरिनेछ। फाइनलका दिन पाँच जना दर्शकले एक/एक वटा स्प्रे ट्यांकी जित्ने अवसर प्राप्त गर्नेछन्।


क्वार्टरफाइनल खेलहरूको टिकट रु २००, सेमिफाइनलको रु ३००, फाइनलको बाँसको प्यारापिटका लागि रु ३०० तथा पक्की प्यारापिटका लागि रु ५०० निर्धारण गरिएको छ।

यस प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षकका रूपमा तथा झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताका रूपमा रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *