भद्रपुर र मेचिनगरबाट लागूऔषधसहित दुइजना पक्राउ


झापा। झापाको विभिन्न स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका–५ मेचिबिटस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको हो। बुद्धशान्ति गाउँपालिका–४ जुनेली निवासी २९ वर्षीय दीपक सम्बाहाम्फेलाई शंका लागि जाँच गर्दा मलद्वारमा लुकाई ल्याइएको अवस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित ३ ग्राम ३१० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम ८० मिलिग्राम रहेको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलस्थित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको टोलीले भारतको पानिट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको सिटी रिक्सा (ना.प्र.०१–००२ ह ६५००) का चालकलाई लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेका युवक झापाकै ऐतबारकोट निवासी ३१ वर्षीय युवराज दर्जी हुन्।

रिक्साको अगाडिको सिसा लाग्ने फ्रेमको तल्लो भागमा लुकाई राखिएको प्लास्टिकको पोका फेला पारिएको र उक्त पोका खोली हेर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जानकारी दिएको छ। डिजिटल तराजुमा नाप्दा उक्त पदार्थको तौल प्लास्टिकसहित ३ ग्राम र प्लास्टिक बाहेक २ ग्राम ११० मिलिग्राम रहेको छ। उनलाई र उक्त सिटी रिक्सालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

प्रहरीका अनुसार दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *