Search
Close this search box.
Search
Close this search box.

भद्रपुर र विर्तामोडमा २९ गते राष्ट्रिय भाक्का दिवस मनाइने

झापा। राजवंशी समाज विकास झापा र केन्द्रीय समितिको समन्वयमा पुस २९ गते भद्रपुरमा प्रथम राष्ट्रिय भाक्का दिवस मनाउने तय गरेको छ ।


समितिले वुधबार भद्रपुर सिटी गार्डेनमा झापाली सञ्चारकर्मीलाइ भेला गरेर कार्यक्रमका बारेमा सार्वजनिक गरेको हो ।
पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाका खाने चलन व्यापक बनेको भन्दै जिल्ला अध्यक्ष उत्तम राजवंशीले यो वर्ष भव्य रुपमा दिवस मनाउने जानकारी दिए ।  राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रर्वद्धधनात्मक कार्यक्रमसहित पुस २९ गते आइतबार भद्रपुर ६ स्थित सिटी गार्डेन होटल परिसरमा दिवस मनाउने समितिले निर्णय गरेको उनले बताए ।

EPIC EPIC


दिवसका दिन २५ वटा भन्दा बढी दाउराको चुहोमा ओख्लीमा कुटेको चामलको पिठोबाट माटाको भाडामा पकाएर निःशुल्क रुपमा भाक्का खुवाइने उनले बताए । भाक्काको साथमा स्वादिलो अचार र तरकारीसमेत समावेस हुने कार्यक्रममा अनुमानित ३ लाख रुपैयाँ खर्च हुने उनले बताए । खर्च जुटाउन झापाका स्थानीय पालिकासहित सहयाेगी दातासँग अपेक्षा गरेको उनले बताए । दिवसमा काठमाडौँसम्मका व्यक्तिहरुको सहभागित हुने भएकोले दुइ हजार देखी पच्चिस सय जनाले अवलोकन गर्ने उनको भनाइ छ । राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय विदा दिन समेत पालिकालाइ अनुरोध गरिने उनले बताए । भाक्का खादै र खुवाउँदै राष्ट्रिय कलाकार बलराम राजवंशीसिहत स्थानीय कलाकार र राजवंशीको मौलिक झल्कने साँस्कृतिक कार्यक्रम आइतबार ९ बजेदेखी दिउँसो २ बजेसम्म सञ्चालन हुने उनले बताए ।


उता राजवंशी समाज विकास समितिले यो वर्ष विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातौं राष्ट्रिय भाक्का दिवस मनाउने तयारीमा जुटेको छ । बुधबार आयोजनास्थलमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष अभय राजवंशीले कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताए ।
राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भाक्का दिवस मनाउँदै आएको उनको भनाइ छ ।   दिवसमा १५० जना महिलाहरूले सामूहिक रुपमा दुई हजार किलो चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् । कार्यक्रमलाई भव्य बनाउन भारतीय गायिका नीलाञ्जना राय बिर्तामोड आउने उनले बताए ।
 त्यस्तै सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा आउने जनाइएको छ । कार्यक्रममा पाँच सयजना कलाकारहरूको सामूहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।


जिल्लामा राजवंशी समाज विकास भन्दा अन्य समिति नरहेकाहुँदा उत्तम राजवंशीको समितिनै आधिकारिक भएको समाजका केन्द्रीय सचिव लखनलालले बताए । गत असोज १९ गते ११ वटा स्थानीयपालिकाबाट भेला भएको ८ आँै साधारण सभाले उत्तम राजवंशीलाइ अध्यक्षमा चयन गरेको उनले बताए  ।नवगठित समितिले असाय,जेष्ठनागरिक,कलाकार लगायत विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनाएको छ ।

राजवंशी समुदायको परम्परागत परिकार भाक्का पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्कालाई चटनीसँग खाने गरिन्छ । भाक्का अथवा भक्का जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रर्वद्धधन गर्न जरुरी भएकोले हरेक वर्ष पुस २९ मा राष्ट्रिय भाका दिवस मनाइदै आइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *