मेचीनगर । पुरानो भन्सारमा शुक्रवार साँझ प्रहरीले नियन्त्रणमा लिएको ना२ख ४९०२ नम्बरको कन्टेनर भन्सार भित्रैबाट बाहिरिएको खुलासा भएको छ ।
सो कन्टेनरमा रु। एक करोड एक लाख मूल्य बराबरको काँसको झ्याम्टा, हुक्काको कोइला, कालो साबुन लगायतका सामान थिए । मेची भन्सार कार्यालयले आज साँझ विज्ञप्ति जारी गरी ती सामानसहितको कन्टेनर मेची भन्सारभित्र शुक्रवार साँझ ६ः२५ बजे बाहिरिएको जानकारी दिएको छ ।
उक्त कन्टेनर भारतबाट आएको नभई नेपालतिरको गेटबाटै शुक्रवार दिउँसो १ः३२ बजेको समयमा भन्सारको यार्डभित्र छिरेको विज्ञप्तिमा जनाइएको छ ।