भन्सार छली भित्र्याएको ५ लाख बराबरको कुखुराका चल्ला नष्ट

वीरगञ्ज। सशस्त्र प्रहरी बलले मंगलबार बिहान बरामद गरेको अवैध कुखुराको ७६ कार्टुन चल्ला नष्ट गरिएको छ।

वीरगन्ज महानगरपालिका– ३२ टेढा रामवन सडकखण्डबाट बरामद अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बलले नष्ट गरेको हो।

EPIC EPIC EPIC

कुखुरा फार्ममा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका डिएसपी संगम श्रेष्ठले जानकारी दिए।

बरामद भएको सात हजार ६ सयवटा अवैध चल्ला पाँच लाख मूल्यबराबरको रहेको श्रेष्ठले बताए। सो चल्ला नेपाल प्रहरी, पशु क्वारेन्टिन र स्थानीयवासीको रोहवरमा खाल्टो खनी नष्ट गरिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *