भन्सार महसुल तिरेको कन्टेनरलाई ‘अवैध’ ठहर: झापा प्रहरीको चाँडो निर्णयले विवाद

झापा । राजश्व छली गरेको आशङ्कामा नेपाल प्रहरीले झापाको बिर्तामोड–५ बाट आइतबार साँझ नियन्त्रणमा लिएका भारतीय नम्बर प्लेटका तीन वटा कन्टेनर सम्बन्धी घटनाले व्यापक चर्चा र भ्रम सृजना गरेको छ।

ती कन्टेनरहरूमा करोडौँ मूल्य बराबरका सामान बिना भन्सार नेपाल भित्र्याइएको आशङ्कामा प्रहरीले कारबाही गर्दै राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू कानुनी प्रक्रिया पूरा गरेर भन्सार महसुल तिरेरै नेपाल प्रवेश गरेका हुन् भन्ने दाबी भन्सार र व्यवसायीले गरिरहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

धान रोप्ने मेसिन भित्रिएको थियो

कनकाई नगरपालिका–५ स्थित नोक्मा कृषि फर्मले चीनको वुहानबाट ट्र्याक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो। लक्ष्मी सनराइज बैंक, हात्तीसार शाखाबाट एलसी (LC) प्रणालीमार्फत भुक्तानी गरिएको मेसिन कोलकाताको हल्दिया पोर्ट हुँदै शुक्रबार मेची भन्सार कार्यालयबाट नेपाल भित्रिएको हो।

अंकिता ट्रेडर्समार्फत भित्रिएका ती WV4L-2.6 मोडेलका हार्भेस्टरमा १०२ एचपी इन्जिन, रबर ट्र्याक, एसी क्याबिनलगायत सुविधा छन्। प्रज्ञापनपत्र अनुसार ती मेसिनको मूल्य १४२,९९२ अमेरिकी डलर (झण्डै २ करोड ९ लाख ५९ हजार रुपैयाँ) बराबर थियो।

नेपाल सरकारले कृषियन्त्रमा १% मात्र भन्सार महसुल लागाउने व्यवस्था अनुसार २ लाख १४ हजार ६६५ रुपैयाँ महसुल तिरिएको थियो।

प्रहरीको चुक: अनुसन्धान नगरी कारबाही

गृहमन्त्री रमेश लेखकको निर्देशनपछि तस्करी रोक्न सक्रिय भएको प्रहरीले ‘कम भन्सार तिरेर महँगो सामान भित्र्याइएको’ भन्ने सूचना पाएको आधारमा ती कन्टेनर नियन्त्रणमा लिएको थियो। तर प्रारम्भिक तहमा सूचना पुष्टि नगरी गरिएको कारबाहीले प्रहरी प्रशासनकै कमजोरी देखाएको छ।

प्रहरीको प्रेस विज्ञप्तिमा ३ करोड ६१ लाख बराबरको अवैध सामान रहेको भनिए पनि पछिल्लो तथ्यांकसँग त्यो मेल खाँदैन।

भन्सार कार्यालयको स्पष्टिकरण: सम्पूर्ण प्रक्रिया पूरा थियो

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार ती कन्टेनरहरू VCTS (Vehicle Control and Tracking System) मार्फत भन्सारको प्रत्यक्ष निगरानीमा प्रवेश गरेका हुन्। यस्तो अवस्थामा बिना भन्सार सामान भित्रिन सम्भव नभएको स्पष्ट गर्दै उनले भन्सारसँग समन्वय नगरी सूचना सार्वजनिक गर्नु प्रणालीमै अविश्वास जगाउने कार्य भएको बताए।

व्यवसायीको गुनासो: कानुन पालना गर्दा पनि सास्ती

अंकिता ट्रेडर्सका सञ्चालक कृष्णकान्त खनियाले आफू २८ वर्षदेखि भन्सार क्षेत्रमा रहे पनि यस्तो अनुभव पहिलोपटक भोग्नुपरेको बताए। “नियमअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरियो, तर शंका र नियन्त्रणमा पर्नु दुर्भाग्यपूर्ण हो,” उनले भने।

नोक्मा कृषि फर्मका प्रतिनिधिहरूले पनि कानुनी प्रक्रिया पुरा गरेर ल्याइएका सामान विवादमा पारिनु आपत्तिजनक रहेको बताए।

प्रहरीको भनाइ: सूचना पाएपछि शंका गरियो

जिल्ला प्रहरी कार्यालय झापाले भने सूचना प्राप्त भएपछि शंका लागेका कन्टेनरहरू नियन्त्रणमा लिइएको र कम महसुलको आधारमा राजस्व अनुसन्धानमा बुझाइएको स्पष्ट पारेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *