भरतमणि बने कमेडी च्याम्पियन सिजन २ काे बिजेता

काठमाडौँ– कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्। निर्णय दर्शकले दिएको भोटका आधारमा भएको हो।

ताप्लेजुङका भरतमणि पौडेल यो सिजनका सबैभन्दा चर्चित पात्र थिए। नेता तथा कलाकारको क्यारिकेचर गर्ने उनी उत्कृष्ट ३ पुग्ने कार्यक्रममा पूर्व युवराज पारस शाहको पात्र निर्वाह गरेर सर्वत्र चर्चामा आएका थिए। उनलाई समसामयिक विषयमा गर्ने हाँस्य व्यंग्य कलाकारको रुपमा चिनिन्छ।

EPIC EPIC EPIC

यस्तै सिक्किमका बिक्की अग्रवाल कमेडी च्याम्पियन सिजन २ को दोस्रो बिजेता बनेका छन्। उनले टिभीएसको मोटरसाइकल जितेका छन्। उनले हाँस्यव्यंग्यको क्षेत्रमा नयाँनयाँ प्रयोग गरेका छन्। उनी क्यारिकेचर गर्दैैनन् तर नयाँनयाँ विधाको प्रयोग गर्ने अग्रवाल पछिल्लो समय उत्कृष्ट ३ को प्रतिस्पर्धामा पेन्डोमाइम गरेर चर्चामा आएका थिए। उनको कन्टेन्टमा तर्क हुने हाँस्य व्यंग्यका विज्ञ बताउँछन्।

यस्तै गोरखाका सन्तोष थापा यो कार्यक्रमको तेस्रो बिजेता बनेका छन्। उनले स्कुटर र धेरै गिफ्ट ह्याम्पर जितेका छन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारित यो कार्यक्रमको पहिलो सिजन हिमेश पन्तले जितेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *