भाटभटेनीमा आगजनीपछि लुटपाटमा पसेका ४ जनाको जलेर मृत्यु

सुनसरी। धरानको भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार उनीहरू सबै आगजनी र चोरीका लागि भित्र पसेका थिए। 

मृत्यु भएको शव खरानी भएको अवस्था शरीरका केही अंग मात्र फेला पारिएको प्रहरीले बताएको छ। आन्दोलनका क्रममा केही व्यक्तिहरूले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए। तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले बताए। 

EPIC EPIC EPIC EPIC EPIC EPIC

यसअघि शुक्रबार बिहान भाटभटेनीको दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ। 

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। आगजनीका कारण करिब करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौं बराबरको चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *