भानु जयन्तीमा खेलाडी र खेलकुद पत्रकार सम्मानित

भानु साहित्यिक प्रतिष्ठानले शुक्रबार काँकरभिट्टामा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीलाई सम्मान गरेको छ।

प्रतिष्ठानले २१० औँ भानु जयन्तीको अवसरमा एक कार्यक्रम आयोजना गदै रुविनासहित चार जनालाई सम्मान गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

कप्तान रुविनासहित, नेपाल खेलकुद पत्रकार मञ्च झापाकी सहसचिव भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई नगदसहित सम्मान गरिएको हो ।

मेचीनगर निवासी कप्तान क्षेत्री र खेल पत्रकार लिम्बूलाई भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । क्षेत्रीलाई २१ हजार र लिम्बूलाई ११ हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लिम्बूलाई सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै सम्मान गरेको बताए ।

त्यस्तै, प्रतिष्ठानले हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट सम्मान गरियो । दुवै पुरस्कारको राशि ११ हजार रुपैयाँ थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *