भारतको जम्मू कश्मीरमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

काठमाडाैँ। भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ ।बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पु¥याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ ।

बाढीमा अहिलेसम्म १ सय जना भन्दा बढी घाइते भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ ।
हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि अचानक बाढी आएको थियोे ।एजेन्सी

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *