भारतको नैनातालमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु

भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको बेतालघाट पुलिस थानाले जनाएको छ  ।

बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको जनाएको छ ।

EPIC EPIC EPIC

घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले जानकारी दिनु भयाे ।

‘काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए’, उनले भने, ‘उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।’ गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उनले बताए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च