भारतको मध्य प्रदेशको गुनामा एउटा भयानक सडक दुर्घटना भएको छ । राति करिब ९ बजे डम्पर र बस एकआपसमा ठोकिँदा बसमा आगो लागेको थियो । सो क्रममा १२ यात्रु जिउँदै जलेका मिडिया रिपोर्टमा उल्लेख छ ।
यी यात्रुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको हो । १५ जनाको अवस्था गम्भीर छ । बसमा करिब ४० यात्रु सवार रहेको बताइएको छ ।
घटनास्थलमा पुगेका प्रहरी र आसपासका बासिन्दाको सहयोगमा उद्धार कार्य जारी रहेको छ भने जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर उद्धार कार्यलाई तिव्रता दिएको छ ।