भारतको १६ राज्यमा कोरोना संक्रमण, नेपालमा तयारी कति?

दुई वर्षयता शिथिल बनेको कोरोना भाइरस पुनः सक्रिय हुन थालेको छ। दक्षिणपूर्वी एसियाली मुलुकहरूमा कोरोना संक्रमण फेरि बढ्दै गएको सन्दर्भमा नेपालका लागि पनि सतर्कता आवश्यक देखिएको छ। खासगरी, नेपालका सीमावर्ती राज्यहरूमा संक्रमणको दर उच्च देखिन थालेपछि त्यसको असर नेपालमा पर्न सक्ने सम्भावना बलियो बन्दै गएको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ राज्यमा कोरोना संक्रमण फैलिएको छ। देशभर सक्रिय संक्रमितको संख्या एक हजार नाघिसकेको मन्त्रालयले जनाएको छ। हाल भारतभर १,००९ जना सक्रिय संक्रमित पुष्टि भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

सबैभन्दा धेरै संक्रमित केरल राज्यमा छन्, जहाँ ४०३ सक्रिय संक्रमित रहेका छन्। महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, र कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन्।

त्यसैगरी, उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगालमा १२, हरियाणा र पुडुचेरीमा ९/९ जना, आन्ध्र प्रदेशमा ४, मध्य प्रदेशमा २, र तेलंगाना, गोवा तथा छत्तीसगढमा १/१ जना संक्रमित छन्।

यद्यपि मन्त्रालयले अहिलेको संक्रमणको प्रकृति अघिल्ला भेरियन्टहरूभन्दा कम जोखिमयुक्त रहेको जनाएको छ, तर संक्रमणको पुनः वृद्धि हुनु आफैँमा गम्भीर संकेत हो। नेपालका लागि यो विशेष चिन्ताको विषय बनेको छ, किनभने खुला सीमाका कारण यहाँ पनि संक्रमण फैलन सक्ने जोखिम उच्च छ।

सन्दर्भअनुसार, सरकारले समयमै स्वास्थ्य सतर्कता अपनाउने, नाका तथा स्वास्थ्य चौकीहरूमा निगरानी बढाउने र जोखिम क्षेत्रबाट आउने यात्रुहरूको स्क्रिनिङ गर्ने तयारी गर्नुपर्ने देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *