Search
Close this search box.
Search
Close this search box.

भारतबाट अवैध रुपमा भित्र्याइएका ५ हजार फूल तथा वनस्पतिको बिरुवा नष्ट

मोरङ। भारतबाट भित्रिएको पाँच हजारभन्दा बढी फूल तथा वनस्पतिका बिरुवा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

विराटनगर–१४ जतुवास्थित एकीकृत जाँच चौकीमा बुधबार दिउँसो प्रहरीले भारतीय ट्रकमा लोड गरिराखेको अवस्थामा बिरुवा बरामद गरेको जनाएको छ।

EPIC EPIC

सशस्त्र प्रहरीका नायब उपरीक्षक देवराज विष्टका अनुसार बरामद गरिएको बिरुवा विराटनगर–१४ मा रहेको डायमण्ड नर्सरीले भित्र्याएको हो।

तेस्रो मुलुकबाट वनस्पतिजन्य बिरुवा पैठारी गर्न कानुनतः नमिल्ने हुँदा बरामद गरिएको बिरुवा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए। बरामद गरिएको बिरुवा बिहीबार खाल्डो खनेर नष्ट गरेको उनले बताए।

विष्टका अनुसार भारतीय ट्रक यूपी ६३ एटी ४६७६ नम्बरबाट अनलोड गरिरहेको अवस्थामा आइसिपीबाट विरुवा नियन्त्रणमा लिइएको हो।

त्यसैगरी, प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र विराटनगरका अनुसार वनस्पति भित्र्याउन कानुनतः अवैध भएको र गमलाको माटो अन्य कोकोपिट गमलामा मिसिन जाँदा संक्रमणको जोखिम हुने जनाएको छ।

प्रहरीका अनुसार टिकम १ हजार, एरिका पाम ७ सय, रेड मचेरा ५ सय, पचिरा ५ सय, फिकस लाराटा ५ सय, एडेमियम ४ सयलगायतका ५ हजार १ सय वटा बिरुवा बरामद गरेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *