भारतबाट फोन गर्दा लाग्ने महसुल घटाउन आग्रह

rekha sharma in india visit

काठमाडौं । नेपालले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन आग्रह गरेको छ । भारत भ्रमणमा रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा भारत सरकारलाई यस्तो आग्रह गरेकी हुन् ।

EPIC

‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्’ मन्त्री सचिवालयका अनुसार नयाँ दिल्लीमा बुधवार भएको बैठकमा उनले भनेकी छन्, ‘देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।’

EPIC EPIC EPIC

नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकाप्रति समेत मन्त्री शर्माले भारत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *