Search
Close this search box.
Search
Close this search box.

भारतबाट ल्याउन लागिएको ८५ हजार किलो गुणस्तरहीन चामल नाकाबाटै फिर्ता

भारतबाट ल्याउन लागिएको चामल गुणस्तरहीन रहेको फेला परेपछि नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट ल्याएको ८५ हजार किलो चामल  न्यून गुणस्तर भएको भेटिएपछि बुधवार फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक रहेको पाइएको प्रेस विज्ञप्तीमार्फत् जनाएको छ । सो चामल नेपाल सरकारले चामल आयातका लागि तोकेको अनिवार्य मापदण्डबमोजिम न्यूनस्तर रहेको  पाइएको विभागको भनाई छ ।

EPIC
Laxmi sunrise bank 2034

विभागअन्तर्गत भन्सार नाकामा रहेका १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा गुणस्तर परीक्षण गरिँदै आएको छ । काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगन्ज, धनगढी, गड्डाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँका प्रयोगशालाहरूबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरूको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रूपमा गरिँदै आएको विभागले जनाएको छ । 

Shivam Cement

यस्तै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *