भारतमा कोरोना संक्रमणबाट चारजनाको मृत्यु, तीन हजार बढी संक्रमित

दिल्ली। भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढेपछि सतर्कता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देशभरमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ । 

EPIC EPIC EPIC EPIC EPIC

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ ।

साथै पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *