भारतमा दुई दिनमै २१ कोरोना संक्रमितको मृत्यु, सक्रिय केस ३७८३ पुग्यो

काठमाडौँ । भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल सक्रिय केसहरूको संख्या ३७८३ पुगेको छ । जसमा केरलामा सबैभन्दा बढी १४०० केसहरू रहेको उल्लेख छ ।

त्यस्तै महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ सक्रिय केसहरू छन् । पछिल्लो ४८ घण्टामा एक हजार भन्दा बढी नयाँ केसहरू रिपोर्ट गरिएका छन् । स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ ।

EPIC EPIC EPIC EPIC

यी मध्ये पछिल्लो २ दिनमा २१ जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मृत्यु हुनेमा महाराष्ट्र र केरलमा ७-७ जना रहेका छन् भने कर्नाटकमा ४, दिल्लीमा ३, उत्तर प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यस्तै मध्य प्रदेश, पञ्जाव, राजस्थान, तमिलनाडु र गुजरातमा एक एक जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राज्य सरकारहरुले कोरोनाको संक्रमण बढिरहेकाले मानिसहरूलाई भीडभाड भएका ठाउँहरूमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन अपील गरेको छ । त्यस्तै ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *