भारतमा दैनिक घट्दैछ कोरोना सङ्क्रमितको सङ्ख्या

नयाँ दिल्ली/ भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ ।

पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।

EPIC EPIC EPIC

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये केरला राज्यमा मात्रै २६ हजार ७०१ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३० लाख २७ हजार ६२१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुदै आएको छ ।

त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ । केही हप्तासम्म चार लाखभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेकोमा अहिले बढेर चार लाख चार हजार ८७४ पुगेको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४० हजार ७५२ को मृत्यु भएको छ भने तीमध्ये २१९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

त्यसैगरी एक दिनमा ४३ हजार ९०३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *