नयाँ दिल्ली। भारतमा एक दुर्लभ रगत समूह फेला परेको छ, जसको नाम ‘सीआरआईबी’ राखिएको छ। यो रगत समूह बेंगलुरु नजिकै बसोबास गर्ने ३८ वर्षीया एक महिलामा पहिलोपटक पत्ता लागेको हो।
‘सीआरआईबी’ मा सी को अर्थ “क्रोमर”, जुन हालसम्म चिनिएका ४७ रगत समूहमध्ये एक हो। आई को अर्थ “इण्डिया” र बी को अर्थ “बेंगलुरु” राखिएको छ — किनभने यो समूह भारतमा पहिलोपटक पत्ता लाग्नुका साथै बेंगलुरुमा पहिचान भएको हो।
यो रगत समूह यति दुर्लभ छ कि जब ती महिलाको हृदय शल्यक्रिया गर्नुपर्ने स्थिति आयो, चिकित्सकहरू सामान्यतया तयारीका रूपमा राखिने १–२ बोतल रगत पनि उपलब्ध गराउन सकेनन्। कारण, विज्ञहरू महिलाको रगत समूह नै पहिचान गर्न असफल भएका थिए।
विशेषज्ञहरूका अनुसार, सीआरआईबी समूह पहिचान हुनु चिकित्सा विज्ञानका लागि एक महत्वपूर्ण खोज हो, जसले भविष्यमा रक्त सञ्चारसम्बन्धी उपचारमा नयाँ चुनौतीहरू र सम्भावनाहरू दुवै प्रस्तुत गर्न सक्छ।