भारतसँगका मुख्य नाकामा तस्करी नियन्त्रणका लागि चार एसएसपी खटाइए

सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रण र राजस्व अभिवृद्धिका उद्देश्यले भारतसँगका मुख्य नाकामा चार एसएसपी खटाएको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रमुख नाकामा उनीहरूले सिधै महानिरीक्षकको सचिवालयलाई प्रतिवेदन दिनेछन्। तस्करी नियन्त्रणमा कमजोर कार्यशैली देखिएका अधिकारीहरूलाई हटाउने तयारी पनि गरिएको छ।

तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीसहित सशस्त्र प्रहरी बलले भारतसँगका मुख्य नाकामा चार एसएसपीलाई खटाएको छ । सिधै प्रहरी महानिरीक्षकको सचिवालयलाई प्रतिवेदन गर्ने गरी कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एसएसपी खटिएका हुन् । 
कोशीमा दिग्विजय सुवेदी, मधेशमा माधवप्रसाद पौडेल, लुम्बिनीमा रविनराज कर्णजित तथा सुदूरपश्चिममा गंगाराम श्रेष्ठलाई खटाइएको छ । उनीहरूलाई सीमा सुरक्षा गुल्ममा बसेर काम गर्ने जिम्मेवारी दिएका छन् । कोशी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानीमोरङमा रहेर सीमानाकामा निगरानी गर्न जिम्मेवारी दिइएको छ । 
त्यस्तै, मधेश प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज पर्सामा रहेर प्रधान कार्यालयबाट खटिई काम गर्नेछन् । लुम्बिनी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा बसेर काम गर्न भनिएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा केन्द्रित भएर काम गर्नेछन् । 
सशस्त्र प्रहरीले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृद्धि गर्ने अभिप्रायका साथ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई मुख्य सीमानाकामा खटाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । स्रोतका अनुसार राजस्व संकलनमा अपेक्षित सुधार नआएपछि त्यसैमा केन्द्रित भएर एसएसपीहरूलाई खटाइएको हो । कतिपय जिल्लामा सशस्त्र प्रहरी तस्करी समूहसँग मिलेको आशंकामा उनीहरूमाथि समेत निगरानी गरिरहेको र त्यस्तो पुष्टि भएमा प्रतिवेदनलाई समेत आधार बनाएर कारबाही तथा पुरस्कृत गर्ने सशस्त्र प्रहरी कार्यालयको तयारी छ । विगतमा राजनीतिक पहुँचका आधारमा तराईका जिल्लामा खटिएका केही अधिकृतहरूको कार्यशैलीमा सुधार नभएकाले उनीहरूलाई हटाउने सशस्त्र प्रहरी मुख्यालयको तयारी छ । नयाँ सरकारले तराईमा देखिने गरी राजस्व छली नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ । 
एसएसपीहरूलाई कति समयलाई सीमा क्षेत्रमा राखिने भन्ने प्रस्ट तोकिएको छैन । निश्चित समयमा उनीहरूले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिने सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *