भारतीय चलचित्र “टाइगर ३” ले चार दिनमा कमायो १६९ करोड बढी भारतीय रुपैयाँ

सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ ले राम्रो कमाइ गरिरहेको छ। गत आइतबारबाट प्रदर्शनरत यस फिल्मले चार दिनमा घरेलु बक्सअफिसमा १६९ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको हो। 

EPIC

लक्ष्मीपूजाका दिन रिलिज भएको यस फिल्मले पहिलो दिन साढे ४४ करोड भारुको ओपनिङ गरेको थियो। त्यसैगरी सोमबार फिल्मले ५८ करोड तथा मंगलबार ४४ करोड भारु कमाएको थियो। 

EPIC EPIC EPIC

बुधबार भने भैयादुत भएकाले फिल्मको कमाइ घटेको छ। बुधबार फिल्मले २२ करोड भारुको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

त्यसैगरी विश्वभर भने फिल्मले २४१ करोड ८५ लाख भारुको व्यापार गरेको छ। मनीष शर्मा निर्देशित यस फिल्ममा आदित्य चोपडाको लगानी छ। स्पाई थ्रिलर यस फिल्मको कथा आदित्यले नै लेखेका हुन्।

‘टाइगर ३’ मा सलमानसहित कट्रिना कैफ, इमरान हासमी, ऋतिक रोशन, शाहरुख खानलगायतले अभिनय गरेका छन्। यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा समेत रिलिज भएका छन्। 

यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *