भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएपछि..

कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे छ ।

महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ (जेठी छोरीका पति) भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे हाे ।

नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन तथा अनुसन्धान शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले बताउनुभयाे ।

EPIC EPIC EPIC

नागरिकता पाउने धरमविर भारतको सिद्धार्थनगर थाना पचगवा मौजा अटकोनिया बस्ने खुनखुन बरईका छोरा हुन् । उनी भारतमा धरमवीर र नेपालमा रामकुमारको नामबाट काम गर्दै आएका छन् ।राधेश्याम बरईले महाराजगञ्ज–३ बा धरमविरकाे जन्मदर्ता बनाएका थिए । त्यही जन्मदर्ताको आधारमा राधेश्यामले झुटाे विवरण पेस गरी आफ्ना ज्वाईँलाई छोरा बनाएर नागरिकताकाे प्रमाणपत्र दिलाएको आरोप लागेको छ ।उज्यालो 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च