भारतीय प्रेमीसँग टिकटकर सामारिका ढकालको इन्गेजमेन्ट, झापामा सम्पन्न भयो पारिवारिक कार्यक्रम


काठमाडौं । चर्चित टिकटक स्टार सामारिका ढकाल वैवाहिक जीवनतर्फ उन्मुख भएकी छन्। उनले भारतीय प्रेमी अभय रघुवंशीसँग इन्गेजमेन्ट गरेकी हुन्।

सामारिका र अभयको इन्गेजमेन्ट कार्यक्रम झापास्थित सामारिकाकै घरमा बुधबार सम्पन्न भएको हो। कार्यक्रममा परिवारका सदस्य र सीमित आफन्त मात्र उपस्थित थिए। न त कलाकारिता क्षेत्रका व्यक्तित्व थिए, न त टिकटक क्रिएटरहरुकै उपस्थिति देखियो।

EPIC EPIC EPIC EPIC EPIC

टिकटकमा सामारिकाको इन्गेजमेन्टको भिडिओ भने तीव्र रुपमा भाइरल भइरहेका छन्। बहिनीलाई बधाइ दिंदै जुम्ल्याहा दिदी स्मारिका ढकालले टिकटकमै भिडिओ सार्वजनिक गरेकी छन्। भिडिओ हेर्दा कार्यक्रम बलिउड शैलीमा सम्पन्न भएको देखिन्छ। सामारिकाको पहिरन र गरगहनामा समेत भारतीय झल्को देखिएको छ।

इन्गेजमेन्टका लागि अभय र उनका परिवार गुजरातबाट झापा आएका थिए। आमा, बुवा, दिदी, भिनाजुलगायत करिब ४० जनाको टोली ५ दिन लगाएर झापा आइपुगेको थियो। बिहीबार इन्गेजमेन्ट सकेर उनीहरु फर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

केही समयदेखि दुबईमा बस्दै आएकी सामारिकाको त्यहीँ अभयसँग भेट भएको र प्रेमसम्बन्ध सुरु भएको बताइएको छ। उनीहरुको सम्बन्धबारे सीमित व्यक्तिलाई मात्र जानकारी थियो।

इन्गेजमेन्ट भइसके पनि विवाह कहिले हुने भन्नेबारे औपचारिक जानकारी दिइएको छैन। दुलाहाको टोली फर्किसकेकोले तत्काल विवाह नहुने अनुमान गरिएको छ।

सामारिका र स्मारिका ढकाल टिकटकमा भाइरल ट्विन्स जोडीका रूपमा चिनिन्छन्। दुवै नृत्यमा पारंगत छन् र थुप्रै म्युजिक भिडिओमा देखिइसकेका छन्। तर, सामारिकाको विदेश बसाइपछि दिदी–बहिनीको संयुक्त प्रस्तुति केही समयदेखि रोकिएको थियो। यता स्मारिका भने श्रीमानसँगको सम्बन्ध विच्छेदपछि सिंगल जीवन बिताइरहेकी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
1
+1
2
+1
0
+1
0
+1
3
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *