Search
Close this search box.
Search
Close this search box.

भारतीय सांसदहरूबीच भिडन्त, हत्याप्रयासको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी

एजेन्सी। गृहमन्त्री अमित शाहले बाबासाहेब भीमराव अम्बेडकरका विषयमा गरेको टिप्पणीका विषयमा विवाद बढ्दै जाँदा भारतीय सांसदहरू आपसमा भिडेका छन् भने यो मामिला पुलिस थाना समेत पुगेको छ।

सत्तारुढ भाजपा र विपक्षी कंग्रेसका सांसदहरूले एकअर्कालाई आफूमाथि हमला गरेको र धम्क्याएको आरोप लगाएका छन्।

EPIC EPIC EPIC

केही सांसदहरूले आफू घाइते भएको बताएका छन्।

भाजपाका सांसद प्रताप सारंगी विपक्षी नेता राहुल गान्धीले आफूलाई लडाएर चोट लगाइदिएको आरोप लगाएका छन्।

‘राहुल गान्धीले एक सांसदलाई धक्का दिए। ती सांसदमाथि ममाथि लडे र म तल झरेँ,’ सारंगीले भनेका छन्।

उनको टाउकोमा चोट लागेको देखिन्छ।

विपक्षी नेता गान्धीले भने भाजपाले आफूहरूलाई संसद् भवनभित्रै छिर्न नदिएको आरोप लगाए।

भाजपाका मन्त्री शिवराजसिंह चौहानले राहुल गान्धीले गुण्डागर्दी गरेको दाबी गरे।

त्यस्तै, भाजपा सांसदहरू अनुराग ठाकुर र बाँसुरी स्वराजले राहुल गान्धीविरुद्ध हत्याप्रयासको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन्। 

अर्कोतिर कांग्रेस सांसदहरूले भाजपाले अध्यक्ष मल्लिकार्जुन खड्गेलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिएका छन्।

यो विवादको सुरुवात गत मंगलबार राज्यसभामा गृहमन्त्री अमित शाहले गरेको सम्बोधनपछि सुरु भएको थियो। 

उनले भनेका थिए, ‘आजकल अम्बेडकरको नाम लिनु फेसन भएको छ। भगवानको नाम यति धेरै लिएको भए सात जन्म स्वर्ग पाइन्थ्यो,’ उनले भनेका थिए।

विपक्षीहरूले शाहको राजीनामा माग गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *