भारतीय सिमा क्षेत्रमा नक्कली नोटको बिगबिगी, १ लाख ७२ हजारसहित दुईजना पक्राउ

सर्लाही। भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । 

बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नोटसहित पक्राउ गरेका दुई जनाको साथबाट एक लाख ७२ हजार नक्कली नोट बरामद भएको छ । त्यस्तै, २१ बन्डल नक्कली हजार दरका नोटको साइजमा कटिङ गरिएको कागज बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । इन्स्पेक्टर गिरीका अनुसार तल्लो र माथिल्लो भागमा नक्कली हजार दरका नोट राखेर २० वटा टेष्टी बिस्कुटको पुरिया समेत फेला परेको छ । 

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले यस घटनामा संलग्न रौतहटको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय सञ्जय सहनी र सर्लाहीको बलरा नगरपालिका–७ का २३ वर्षीय अमरेन्द्र महरालाई पक्राउ गरेको हो । नक्कली नोटको ओसारपसार भइरहेको विशेष सूचना प्राप्त गरेपछि हरिवनका इन्स्पेक्टर गिरी नेतृत्वको प्रहरी टोली फिल्डमा परिचालित भएको थियो । 

कर्मैयाबाट लाल बन्दीतर्फ आउँदै गरेको सहनी सवार प्रदेश–२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र सँगसँगै रहेको महरा सवार बीआर ३० एसी ८३१८ नम्बरको मोटरसाइकललाई प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा रोकेर खानतलासी लिँदा सञ्जय सहनीले बोकेको झोलाबाट नक्कली नोटसहितका सामग्री बरामद भएको हो । बीआर ३० एसी ८३१८ नम्बरको मोटरसाइकलका चालक अमरेन्द्र महराको साथमा ८.८१० ग्राम लागू औषध गाँजा समेत बरामद भएको छ । 

प्रहरीले रोक्न खोज्दा उनीहरू भाग्न खोजेका थिए । नक्कली नोटलाई तल र माथि राखेर पैसाको गड्डी जस्तो देखाउन बीचमा हजारको नोट आकारका कागज र बिस्कुट राखिएको देख्दा प्रहरी समेत चकित परेका छन् । प्रहरीले झन्डै ४ घण्टा लगाएर  नक्कली नोट गन्नेसहित मुचुल्का उठाउने काम गरेको थियो । दुवै जनालाई अहिले हरिवन प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । 

यी नक्कली नोट कहाँ बनाएर, कहाँ लगिँदै थियो भन्ने विषयमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *