काठमाडौँ : सरकारले तीन देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ।
भारतका लागि डा. शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्तिको सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।