भारत आइरहेको ट्यांकरमा कसले गर्‍यो हमला ?

TANKER ATTACK

भारत आइरहेको ट्यांकरमा भएको हमलालाई लिएर अमेरिकाले गरेको दाबीलाई इरानले खारेज गरिदिएको छ। अमेरिकाले भारत आइरहेको ट्यांकरमा इरानले आक्रमण गरेको दाबी आइतबार गरेको थियो। 

अमेरिकाले आइतबार हिन्द महासागरमा भएको उक्त हमलाका लागि इरानलाई दोषी देखाएको थियो। इरानले यस घटनालाई लिएर प्रतिक्रिया दिँदै अमेरिकी आरोपलाई निराधार भनेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार भने, ‘पटक-पटक लगाइने यी आरोप निराधार हुन्। हामी अमेरिकी आरोपलाई सिधै खारेज गर्छौँ।’

EPIC EPIC EPIC

अमेरिकी रक्षा विभागले यसअघि गुजरातनजिकै अरब सागरमा एक ट्यांकरमा भएको हमलामा प्रयोग भएको ड्रोन इरानबाट छोडिएको जनाएको छ। चेम प्लुटो नामको यस केमिकल ट्यांकरलाई इरानबाट छाडिएको ड्रोनले निशाना बनाएको दाबी अमेरिकाको थियो। १९ डिसेम्बरमा यो जहाज साउदी अरेबियाबाट भारततर्फ आइरहेको थियो। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *